८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति राजापाक्ष सिङ्गापुर बसाइ लम्बिने



अ+ अ-

एजेन्सी । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष थप केही समय सिङ्गापुरमा नै बस्ने भएका छन् ।

उनले अरू १४ दिन सिङ्गापुरमै बस्ने योजना बनाएका स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन् ।

इन्धन, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव भएपछि आन्दोलनमा उत्रेका सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरेपछि देश छाडेर गएका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए ।

उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो ।

श्रीलङ्का सरकारका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।