३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा गोली चल्दा दुई जनाको मृत्यु



अ+ अ-

एजेन्सी । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको लाङ्ली सहरमा विभिन्न ठाउँमा गोली चल्दा दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ । क्यानडाको समय अनुसार सोमबार बिहान यो घटना भएको हो । नेपाल र क्यानडाबीच ९ः४५ घण्टाको अन्तर छ । अर्थात् नेपाली समय अनुसार सोमबार बिहान ९ः४५ देखि ३ः४५ बजेको बीचमा यो घटना भएको हो ।

प्रहरीका अनुसार भ्यानकुभर नजिकैको ल्याङ्ली सहरमा आइतबार–सोमबारको मध्यरातमा गोलीबारी सुरु भएको थियो । एक आक्रमणकारीले राति १२ बजेदेखि बिहान ६ बजेसम्म सहरका करिब ५ स्थानमा घरबारविहीन मानिसहरूलाई निशाना बनाएका थिए ।

आक्रमणकारीले चार जनालाई गोली हाने, जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो, जबकि एक पुरुष र एक महिला गम्भीर घाइते भएका थिए । महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।