१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीटीभी फुटेज विश्लेषण गर्न विज्ञहरुसहित छानबिन समितिको अर्को बैठक सुरु



अ+ अ-

काठमाडौं । संसदीय छानबिन समितिको बैठक सुरु भएको छ ।

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमाथि विश्लेषण गर्न आजै बिहान पनि बैठक बसेको थियो । केहीबेरअघि सुरु भएको बैठकमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी हुनेछन् ।

बिहान बसेको समिति बैठकले फुटेजमा देखिएका दृश्यहरु प्रस्ट नभएकाले प्रयोगशालाका विज्ञहरुलाई बोलाउने निर्णय गरेको थियो । सोहीबमोजिम अहिले विज्ञहरुसँग छलफल गर्न लागिएको हो भने विज्ञहरु छलफलका लागि सिंहदरबार प्रवेश गरिसकेका छन् ।

अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सिसिटिभी फुटेज ‘रिकभर’ भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो ।

संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो ।

रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझिने र फुजेट ५० वटाभन्दा टुक्रामा छ ।

ती क्लिपहरु केही सेकेन्डको रहेको र राम्रोसँग स्पष्ट नदेखिने छ । फुटेजमा मान्छेहरु आहोरदोहोर गरेको जस्तो देखिए पनि स्पष्ट देखिँदैन ।

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो ।

सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।