३० आश्विन २०८१, बुधबार
,
Latest
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो भीरमा फालेर छ वर्षीय छोराको हत्या विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छः पूर्वाधारविद् थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान



अ+ अ-

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो ।

दुबैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् ।

नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।