• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

इन्डो प्यासफिक कमान्ड सम्मेलनमा प्रधानसेनापतिको सहभागिताबारे माओवादीको आपत्ति (भिडियो)



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएकोमा सत्तारुढदल नेकपा माओबादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद अञ्जना बिशखे र अमृता थापाले नेपालको असग्लन परराष्ट्रनीति बिपरित सम्मेलनमा भाग लिन गएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकार संग माग गर्नुभयो ।

प्रधानसेनापति शर्मा गत शनिबार अष्ट्रेलिया जानु भएको छ । एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनेछ ।

उक्त सम्मेलन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा भै रहेको छ । सम्मेलनमा विसं २०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ ।