१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट बिभिन्न चार देशका लागि राजदूत नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभिन्न चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यलयका अनुसार नेपालको सबिधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल) लाई स्पेन ,मिलनराज तुलाधरलाई रुसी महासंघ, प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्क र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा.शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआबासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।