१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताको लगानी हुनुपर्छः महेश बस्नेत



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार भक्तपुरको सुर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरुले लगानी गर्नुपर्ने बताउनुभएको हो । उहाँले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्न्ने बताउनु भयो । कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पु¥याउनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘म के अनुरोध गर्न चाहन्छु भने नयाँ पुस्ता, पढे, लेखेका युवापुस्ता र लगानी गर्नसक्ने नयाँ उद्यमीहरुले कृषि क्षेत्रमा लगानी नगरेसम्म हामीले कृषिलाई कृषि उद्योगको रुपमा परिणत गर्न सक्दैनौँ र कृषि उद्योगलाई प्रोत्साहन नगरेसम्म न हामी व्यापार घाटा बढाउन सक्छौँ । ६० प्रतिशत जनताले काम गर्ने क्षेत्रको जम्मा २५ प्रतिशत मात्रै जिडिपीमा योगदान छ । यो भनेको हाम्रो लागि घाटा हो । ६० प्रतिशत जनताले त्यसमा मेहनत गरेपछि कमसेकम जिडिपीमा त्यसले ७०÷८० प्रतिशत योगदान दिनुपर्छ । त्यसो ग¥यो भने मात्रै हाम्रा जनताहरुको लगानी अथवा मिहेनत उपयोग भएको देखिन्छ ।’

उहाँले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।