• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे ★   वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित ★   श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण: अध्यक्ष ढकाल ★   संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी ★   उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामीरिता ★   श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध दबाबमा नेपाल, पाँचौं विकेट गुमायो ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चौंथो विकेट, आउट भए बम ★   डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो ! ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो तेस्रो विकेट

कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताको लगानी हुनुपर्छः महेश बस्नेत



काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार भक्तपुरको सुर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरुले लगानी गर्नुपर्ने बताउनुभएको हो । उहाँले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्न्ने बताउनु भयो । कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पु¥याउनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘म के अनुरोध गर्न चाहन्छु भने नयाँ पुस्ता, पढे, लेखेका युवापुस्ता र लगानी गर्नसक्ने नयाँ उद्यमीहरुले कृषि क्षेत्रमा लगानी नगरेसम्म हामीले कृषिलाई कृषि उद्योगको रुपमा परिणत गर्न सक्दैनौँ र कृषि उद्योगलाई प्रोत्साहन नगरेसम्म न हामी व्यापार घाटा बढाउन सक्छौँ । ६० प्रतिशत जनताले काम गर्ने क्षेत्रको जम्मा २५ प्रतिशत मात्रै जिडिपीमा योगदान छ । यो भनेको हाम्रो लागि घाटा हो । ६० प्रतिशत जनताले त्यसमा मेहनत गरेपछि कमसेकम जिडिपीमा त्यसले ७०÷८० प्रतिशत योगदान दिनुपर्छ । त्यसो ग¥यो भने मात्रै हाम्रा जनताहरुको लगानी अथवा मिहेनत उपयोग भएको देखिन्छ ।’

उहाँले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।