४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० : नेपालले माल्दिभ्सको सामना गर्दै



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ ।

भुवनेश्वरमा आईतवार भएको प्रि– म्याच कन्फ्रेन्समा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

उता, पहिलो प्रतिद्वन्दीको रुपमा नेपालविरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्साका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताएका छन् ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो ।

प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।