२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० : नेपालले माल्दिभ्सको सामना गर्दै



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ ।

भुवनेश्वरमा आईतवार भएको प्रि– म्याच कन्फ्रेन्समा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

उता, पहिलो प्रतिद्वन्दीको रुपमा नेपालविरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्साका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताएका छन् ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो ।

प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।