२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं तेक्वान्दो कार्यसमितिलाई बधाइ



अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति, नेसनल ओपन स्काउट क्रु र बाल गीताञ्जली स्कुलले काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरे, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पदाधिकारीहरुलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै सर्वसम्मत निर्वाचित टोलीलाई बधाइ दिए ।

सो अवसरमा मेयर थापाले पदाधिकारीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरे । भदौ ५ गते चावहिलमा भएको संघको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको थियो ।