२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने



अ+ अ-

काठमाडौं । गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा हुने भएको छ ।

प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले प्रतियोगिता खुला भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गराइ कुनैपनि टिमले सहभागिता जनाउन पाउने बताए ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।

सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष तृशला घिसिङले प्रतियोगिताले स्थानिय पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिता असोज ३१ देखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।