३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

केरा मात्रै हैन केराको बोक्रा खानुका पनि यस्तो छ फाइदा !

केरा मात्रै हैन केराको बोक्रा खानुका पनि यस्तो छ फाइदा !
अ+ अ-

काठमाडौं । नेपालमा मात्रै नभएर सारा विश्वभरी नै अत्याधिक रुचाइने फलफूल हो केरा। नेपालमा त नपाउनेले केरा पायो, बोक्रैसित खायो, भन्ने उखानै छ । नयाँ खोजबाट केराको बोक्रा पनि पोषिलो हुने पत्ता लागेको छ। हो, केराको बोक्रा खान योग्य मात्रै होइन, यो शरीरको लागि पोषिलो र फाइदाजनक पनि हुन्छ। तर अझसम्म हामीले केरालाई गलत तरिकाले खाँदै आएका रहेछौँ । नेपालमा बुढापाकाहरूले केराको बोक्रा पनि खान हुन्छ भन्ने गर्थे, तर भित्रको गुलियो मीठो फल छोडेर बाहिरको टर्रो बोक्रा कसले पो खान्छ र ?

केराको भित्री फल नरम र गुलियो हुन्छ भने, यसको बोक्रा बाक्लो, रेसायुक्त र हलुका टर्रो हुने गर्दछ। त्यसैले केराको बोक्रालाई १० मिनेटसम्म पानीसँग उमाल्दा तापक्रमले बोक्रामा भएको रेसालाई नरम बनाउँछ र चपाएर खान योग्य बनाउँछ। साथसाथै, केरा जति पाकेको छ, त्यसको बोक्रा पनि उत्तिकै नरम र गुलियो हुँदै जान्छ। किनकि, फलफूल पाक्दै गएपछि त्यसले प्राकृतिक हर्मोन ‘इथाइलिन’ (Ethylene) पैदा गराउँदछ, जुन गुलियो हुन्छ।

केरा पाक्दै गएपछि पैदा हुने इथाइलिनले त्यसमा भएको सुगर र फाइबर(Sugar & Fiber) सँग पारस्परिक प्रतिक्रिया गर्दछ, जसले जटिल सुगरलाई सरल सुगरमा परिणत गर्दछ र ‘पेक्टिन’लाई टुक्र्याउँदछ। (पेक्टिन भनेको केराको बोक्रालाई कडा बनाउने रेसा हो) यसैक्रममा, अन्य हर्मोनहरूले बोक्राको हरीयो रङ्गलाई पहेँलो बनाउँदै अन्त्यमा खैरो बनाउँदछ। 

केराको भित्री फलमा, निम्न किसिमका पोषक तत्वहरू पाइन्छन्:

१) प्रतिशत फाइबर: यसले हाम्रो पाचनप्रक्रियामा सहज गराउँदछ र मधुमेहको खतराबाट पनि कम गराउँदछ।

२) प्रतिशत भिटामिन सी: यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदछ भने शारीरिक वृद्धि तथा विकासमा सहयोग गर्दछ।

३) प्रतिशत भिटामिन बी६: यसले खानालाई ऊर्जामा परिणत गर्ने शारीरिक क्षमतालाई विकास गर्दछ।

४) प्रतिशत पोटासियम: यसले शरीरका कोष, तन्तु र अङ्गहरूलाको विकासमा सहयोग पुर्याउँदछ।

५) प्रतिशत म्याग्नेसियम: यसले शरीरको ऊर्जा निर्माण कार्यमा सहयोग पुर्याउँदछ भने ग्लुकोजको मात्रा र रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

यदि तपाईँले केराको भित्री फलसँगै बाहिरको बोक्रा खानुभयो भने त्यसले माथि उल्लेखित पोषक तत्वहरूलाई २० प्रतिशतले बढाउँदछ। बोक्रामा धेरै मात्रामा भिटामिन बी६ र बी१२ पाइन्छ, साथै म्याग्नेसियम र पोटासियम पनि पाइन्छ साथै केहि मात्रा फाइबर र प्रोटिन पनि पाइन्छ। केराको बोक्रा खाँदा शरीरलाई राम्रो त हुन्छ नै, साथै वातावरण सफा राख्न पनि मद्दत पुग्दछ। अनुमान गरेअनुसार, प्रतिव्यक्तिले एक वर्षमा लगभग ६ किलोग्राम केरा खाने गर्दछन्। एउटा मध्यम आकारको केराको तौल लगभग १३० ग्राम हुन्छ। यसरी प्रतिव्यक्तिले वर्षभरीमा लगभग ४६ वटा केरा खाने गर्दछ। अनि धेरैजसोले बोक्रालाई फाल्ने गर्दछन्, जसको मतलब जैविक फोहोर पनि बढ्दै जान्छ। केराको बोक्रा खान रुचाउनुहुन्न भने, त्यसलाई बाहिर सडकमा नफाल्नुहोस्। त्यसको सट्टा करेसाबारी अथवा खेतबारीमा उपयोगी कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिन्छ। 

(एजेन्सीको सहयोगमा)