२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा श्रेष्ठको आपत्ति



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नु भयो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गर्नु भयो । दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु , राष्ट्रिय सभामा बोलेको छु त । पारित गर्नु अघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे । राष्ट्रियसभामा पनि बोले । त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त । यस सम्बन्धमा विचारको समस्या होईन । बैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हँुदै गएको समस्या हो । तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौति बढेको हो । र, खतरा पैदा भएको हो ।’

नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहो¥याउनु भयो ।