२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो मैत्रीपूर्ण खेलः आज भारतविरुद्द नेपाल मैदानमा उत्रँदै



अ+ अ-

काठमाडौं । आज (आइतबार) नेपालले भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपरान्ह ५ः३० बजेदेखी सुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले यसअघि भारतसँग पहिलो खेल खेलिसकेको छ । जुन खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालका लागि अन्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतको लागि ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा पुगेको थियो । खेलको पुरा समय सकिँदा पनि कुनै टोलीबाट थप गोल नभएपछि ४ मिनेटको सयम थपिएको थियो । थप समयमा पनि गोल कुनै टोलीबाट हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । 

नेपालका मिडफिल्डर तेज तामाङ म्यान अफ द् म्याच घोषित भएका थिए । 

आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।