२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो मैत्रीपूर्ण खेलः आज भारतविरुद्द नेपाल मैदानमा उत्रँदै



अ+ अ-

काठमाडौं । आज (आइतबार) नेपालले भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपरान्ह ५ः३० बजेदेखी सुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले यसअघि भारतसँग पहिलो खेल खेलिसकेको छ । जुन खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालका लागि अन्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतको लागि ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा पुगेको थियो । खेलको पुरा समय सकिँदा पनि कुनै टोलीबाट थप गोल नभएपछि ४ मिनेटको सयम थपिएको थियो । थप समयमा पनि गोल कुनै टोलीबाट हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । 

नेपालका मिडफिल्डर तेज तामाङ म्यान अफ द् म्याच घोषित भएका थिए । 

आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।