११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

प्रतिनिधिसभाको शून्य समयमा सांसदले के भने ?

प्रतिनिधिसभाको शून्य समयमा सांसदले के भने ?
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले निर्वाचन मिति घोषणा गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? आशिर्वाद लिन गएको ठाउँबाट आशिर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनशायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन् । मैले सरकार सँग माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको बताउनु भयो । उहाँले बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलव सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘बालविकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन । २०७८÷७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरे अनुसार उहाँहरुले तलव प्राप्त गर्नुभएको छैन । पाँच बजेसम्म काम गर्नुपर्ने अवस्था छ । बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ ।’

प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गको ड्राइभर टोल खण्डमा सडकको किनारामा राखिएको बुद्ध मूर्ति तोडफोड गरिएको भन्दै निन्दा र भत्र्सना गर्नुभयो । उहाँले सो कार्य आपत्तिजनक भएपनि प्रशासन मौन बसेको बताउनु भयो । दोषीउपर कानूनी कारबाही गर्न उहाँले माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले राष्ट्रिय भूमि आयोगले काम, कारबाही सुस्त गरेको बताउनु भयो । उहाँले जग्गाको नापी भइसकेको स्थानमा जग्गा धनि पुर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले मिर्गौला र क्यान्सर पीडितलाई मासिक पाँच हजार रुपैयाँ दिने प्रतिवद्धता कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले मुक्त कमैया र मुक्त कमलरीहरुको हालसम्म यथोचित पुनस्र्थापना नभएको भन्दै पुनस्र्थापना गर्न माग गर्नुभयो । उहाँले सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘कमैया मुक्त भएको २२ वर्ष र कमलरी मुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अझै कमैया, कमलरीहरुको उचित पुनस्र्थापना हुन सकेको छैन । यस अघिको सरकारले मुक्त कमैया र कमलरीको छोराछोरीहरुलाई पुनस्र्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ । मुक्त कमैया र मुक्त कमलरीहरुलाई यथोचित पुनस्र्थापनाको लागि माग गर्दछु । सरकार र मुक्त कमलरीहरुसँग भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गरोस् सरकारले भन्ने कुरा जोडदार माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले नेपाली काँग्रेसको नेतृत्वको सरकारले वि.सं.२०४८ सालमा नीजिकरण गरिएको उद्योग कस्तो अवस्थामा छ सो को संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सत्य पहाडीले सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्रसम्म जानुपर्ने अवस्था कतिपय ठाउँमा कठिन भएका कारण वडामै घुम्ती बैंकिङ सेवामार्फत दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य समिना हुसेनले मधेस प्रदेशमा महिला हिंसा र हत्याको घटना बढेको उल्लेख गर्दै अपराधी र दोषीलाई कानूनी कारबाही गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य हीरा गुरुङले दव्न्द्व पीडितको समस्या समाधान गर्न ठोस योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँले राजनीतिक परिवर्तन गर्न भुमिका खेल्ने द्वन्द्व पीडितको मन नदुखाउन पनि आग्रह गर्नुभयो ।