१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि मिसन राजनीति: वरिष्ठ नेता पौडेल



file Photo
अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।

“मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रका लागि सधैँभर लागिरहन्छु ।” स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उहाँले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गर्नुभयो । गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिस सहरतिर विस्थापित भइरहेका छन् तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।

“पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन,” उहाँले भन्नुभयो, “राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।”

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले कांग्रेसलाई अप्ठ्यारो परेको बेला मात्र व्यवसायी खोजी गर्ने परम्परा अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । “चुनाव आउन लागेका बेला मात्रै व्यवसायी खोज्ने होइन, व्यवसायीको पीरमर्का के छ भन्ने बारेमा पार्टीले सधैँ चासो राख्नुपर्छ,” उहाँले भन्नुभयो । व्यवसायी बैकुण्ठनाथ मिश्रले पार्टीभित्रका नेता एकजुट हुन नसकेकाले समस्या हुँदै आएको बताउनुभयो ।