२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको कचनकवलमा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला



अ+ अ-

झापा । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कचनकवल–५ स्थित पाठामारीको बेल्लेगाउँको सुनकोसी चिया बगानमा ती किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । झापा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार बयरको रुखको एउटै हाँगामा दुई किशोरी र अर्को हाँगामा अर्की किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

सामूहिक आत्महत्या गर्ने तीन जना किशोरी स्थानीयवासी हुन् । उनीहरु कचनकवल–५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया कल्पना रहेका छन् ।

शनिबार दिउँसोदेखि बेपत्ता भएका उनीहरु आइतबार बिहान साढे ७ बजे झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयवासीले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी सोही चिया बगानमा काम गर्ने गर्थे । उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन ।