२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको कचनकवलमा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला



अ+ अ-

झापा । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कचनकवल–५ स्थित पाठामारीको बेल्लेगाउँको सुनकोसी चिया बगानमा ती किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । झापा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार बयरको रुखको एउटै हाँगामा दुई किशोरी र अर्को हाँगामा अर्की किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

सामूहिक आत्महत्या गर्ने तीन जना किशोरी स्थानीयवासी हुन् । उनीहरु कचनकवल–५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया कल्पना रहेका छन् ।

शनिबार दिउँसोदेखि बेपत्ता भएका उनीहरु आइतबार बिहान साढे ७ बजे झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयवासीले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी सोही चिया बगानमा काम गर्ने गर्थे । उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन ।




भर्खरै