११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

नागरिकता विधेयक कार्यान्वयन नगर्न आग्रह

अटेर गरे जनकारबाही गर्ने नेकपा एकता राष्ट्रिय अभियान चेतावनी

नागरिकता विधेयक कार्यान्वयन नगर्न आग्रह
अ अ+ अ-

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानले नागरिकता विधेयक नेपालको हितमा नभएको भन्दै कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

अभियानका संयोजक युवराज सफलले एक प्रेस विज्ञप्ती जारी गर्दे “कथित नागरिकता विधयेक पास नगर्न तथा यदि पास भएको खण्डमा त्यसको कार्यान्वयन नगर्न आग्रह ,अटेर गरे जनकारबाही गर्ने चेतावनी दिनु भएको छ ।

बिज्ञप्तिमा भनिएको छ –

प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधयेक २०७९ प्रति नेकपा एकता राष्ट्रिय अभियानको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली नागरिकलाई नागरिकताविहिन अबस्थाबाट छुटकारा दिने प्रयोजनका बाहेक अन्य प्रयोजनबाट प्रेरित भई बैवाहिक अंगीकृत नागरिकलाई नागरिकता दिने प्रावधान हटाई लाखौँ गैर नेपाली नागरिकलाई नागरिकता दिन यो राष्ट्रघाती विधयेक ल्याएको नेकपा एकता राष्ट्रिय अभियानको ठहर रहेको छ । तसर्थ नागरिकता विधयेक पास गर्दा निम्न त्रुटीहरु भएको हाम्रो ठहर छ –

१. नागरिकता विधयेकको विषयमा संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने दलहरुको बीचमा व्यापक बहस छलफल नगरी हतारमा यो गलत मनासायका साथ यो विधयेक ल्याएको ।

२. रुपमा नागरिकताबिहिन नेपाली नागरिकको नाममा विधयेक ल्याएको भनिएपनि सारमा नेपाललाई फिजीकरण ,सिक्किमिकरण र भुटानीकरण बोटोमा लैजाने उद्धेश्यले नागरिकता विधयेक ल्याइएको हो ।

३. देशकै प्रमुख प्रतिपक्षी ,नागरिक समाज लगायतका विरोध हुँदाहुँदै पनि सो विधयेक ल्याइएको छ ।

४. नागरिकता विधयेक जस्तो विषयमा कथित बहुमत सदस्यको नाममा पारित गरिनु त्रुटी पुर्ण रहेको छ ,त्यसैले यस्ता राष्ट्रघाती विधयेक पास गर्ने नहुने यदि गर्दा पनि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको दुई तिहाई मतबाट मात्र पारित गर्ने व्यबस्था राख्न पर्ने देखियो ।

कथित नागरिकता विधयेक नेपालको हितमा नभएको हाम्रो धारणा रहेको छ ,नेपाली नागरिकलाई नागरिकता दिने प्रावधान बाहेकका प्रावधान कार्यान्वयन नगर्न गृह मन्त्रालय ,सम्पुर्ण जिल्ला प्रशासन कार्यालय ,इलाका प्रशासन कार्यालय लगायतलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ । साथै हाम्रो आग्रहलाई अटेर गरी कार्य गर्नेहरुलाई आवश्यक जनकारबाही गरिने समेत यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छौँ ।

अन्तिममा यो विधयेक पास गर्ने प्रतिनिधि सभाका सदस्यहरुलाई अभियानले सुक्ष्म निगरानी गरिरहेकोले त्यस्ता प्रतिनिधि सभा सदस्यलाई नेपाली जनताले जनकारबाही गर्ने समेत यसै वक्तव्य मार्फत सुचित गर्न चाहन्छौँ ।

मितिः२०७९।०४।०८
युवराज सफल
संयोजक
नेकपा एकता राष्ट्रिय अभियान