• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

प्रतिनिधि सभा बैठक बस्दै ,कारागार विधेयक पेश हुने



काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश गर्ने र मदन भण्डारी विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

कारागार विधेयक २०७८मा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहने लगायतका विषय समेटिएको छ ।