११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

नेपाल, मधेश र संघीयता रहुञ्जेलसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहन्छ: सरिता गिरी

नेपाल, मधेश र संघीयता रहुञ्जेलसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहन्छ: सरिता गिरी
अ अ+ अ-

काठमाडौं, ७ साउन । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पूरानो घरमा फर्किएको भन्दै खुशी साटिन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको र आगामी दिनमा पार्टीले देशलाई नै नेतृत्वदायी भूमिका प्रदान गर्ने विश्वास लिईएको छ ।

कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराईन् । उनले भनिन्–‘म आज सदस्यको रुपमा उपस्थिति भएको छु । मैले सद्भावना पार्टी कहिल्यैपनि परित्याग गरेको थिईनँ । यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो । उहाँकै योगदानको कारण आज मुलुकमा संघीयता आएको हो । मैले अपराधिक तत्वबाट पार्टी जोगाएको थिएँ । पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन । अहिले युवाहरु हुनुहुन्छ । तपाईँहरुले पार्टीलाई अघि बढाउनुभएको छ। म खुशी छु ।’

गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले भनिन्,‘जबसम्म नेपाल, मधेश र संघीयता भन्ने यी तीन चिज रहन्छ, तबसम्म यो पार्टीको अस्तित्व रहनेछ । यो २०४७ सालमा स्थापना भएको संघीयतावादी र मधेशवादी पार्टी हो । मैले जहाँबाट व्यवहारिक राजनीतिको क, ख, ग सिकेको थिएँ, म गजेन्द्रबाबुराको शिष्य हो । म पूनः यस घरमा आएँ । म ईश्वरप्रति आभारी छु ।’

नेपाल सद्भावना पार्टी किन चाहियो ? भन्ने विषयमा उनले लामो प्रवचन दिएकी छिन् । उनले भनिन्,‘२०६५ सालबाट मैले नजिकबाट संविधानसभा र केन्द्रको राजनीति देखें । मैले जुन कुरा सिक्न पाएँ, बुझन् पाएँ कि देशमा सरकार कसरी सञ्चालन हुन्छ भनेर, त्यो पनि एउटा अनुभवको कुरा हो । देशमा अहिले पनि राजनीतिक समस्या यथावत छ ।’ उनले आफूले केही राजनीतिक मुद्दामा अडान लिँदा आफूमाथि राजनीतिक आक्रमण र कारबाही पनि भएको स्मरण गराईन् ।

उनले ढिलै भएपनि नागरिकता विद्येयक आएको भन्दै खुशी व्यक्त गरिन् । तर, अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने उनको गुनासो पोखिन् । उनले नागरिकता विद्येयकको सवालमा कम्युनिष्ट पार्टीहरुले सुरुमा चर्को विरोध गरेको पनि स्मरण गराईन् । उनले भनिन्,‘वाम राष्ट्रवाद भनेको के हो ? सरकारमा बस्नको लागि स्विकार गर्ने ? यो भन्दा पहिले ७ वर्षदेखि तर्क, वादविवाद गर्नुभयो । अहिले सद्बुद्धि आएको छ । म धन्यवाद ज्ञापन गदर्छु । अब आर्थिक नीति परिवर्तनको लागि पनि आवाज मधेशबाट नै उठ्छ । नेपालका सबै पूराना दल असफल भए ।’ उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।

उक्त पार्टीले भने स्वतन्त्रता, समानता, संघीयता, स्वराज, सुराज, समृद्धि र सामाजिक न्यायका लागि देशव्यापी रुपमा सक्रिय भूमिका निर्वाह गर्ने र देशलाई नेतृत्व गर्ने विश्वास लिाएको छ ।

कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरु सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा नेता गिरीलाई सदस्यता नविकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भरतप्रसाद साहले मधेशवादी दलले पनि प्रलोभनमा आफूहरुलाई कमजोर बनाउने कोशिस गर्लान् भन्दै अब होशियार भएर पाईला चाल्नुपर्नेमा नेता तथा कार्यकर्तालाई अपिल गरे ।

उनले विद्यमान पूना दलबाट देशको विकास र समृद्धि असम्भव रहेको दाबी गरे । उनले भने,‘स्थानीय तहको निर्वाचनले के देखाएको छ भने, लोसपाको सिरहामा एउटा खाता खोलेको छैन् । बरु, एमाले र कांग्रेसको वर्चश्व देखियो । देशभरि स्वतन्त्रले जितेका छन् । जनता अहिलेका दलबाट वाक्क भैसकेको अवस्था छ । देशमा भ्रष्टाचार चरम रुपमा देखिएको छ । भ्रष्टाचारले हाम्रो देश कतै श्रीलंका त हुने होईन ? भन्ने चिन्ता छ । अब हामीले समतामूलक समाज बनाउनको लागि सोहीअनुसार पाइला चाल्नुपर्छ ।’

यस्तै, अर्का केन्द्रीय सदस्य सत्यनारायण प्रसाद रौनियारले आफ्नो पार्टीमा सबै क्षेत्र र समूदायको व्यक्तिहरुको प्रतिनिधित्व रहेको सुनाए । सभाको विर्सजन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले सरिता गिरीलाई पूनः पार्टीमा स्वागत गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिए ।

उनले भने,‘सद्भावना पार्टीले पूनः आफ्नो योद्धा नेताको रुपमा माननीय सरिता गिरीलाई भित्र्याएको छ । उहाँ यो पार्टीको सधैं नेता हो । सुरुदेखि नै सक्रिय हुनुभयो । बीचमा उहाँ केही कारणवश अन्यत्र जानुपरेको थियो । अहिले हामीसँगै आउनुभएको छ । हामी उहाँलाई स्वागत गर्न पाउँदा धेरै नै खुशी छौं ।’