• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद्

प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु



मकवानपुर । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाइँले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।

मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ ।