११ श्रावण २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु



अ+ अ-

मकवानपुर । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाइँले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।

मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ ।