३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा अवरूद्ध आन्तरिक उडान पुनः सुरु



अ+ अ-

काबुल । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएकोे स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ । 

“एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको छ,” टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।

अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ । 

अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको मशहाद शहरमा सारेको समाचारमा जनाइएको छ । 

तालिबानले अगष्ट १५ मा अफगानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशङ्पछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यवसायिक उडान गर्न रोकेका थिए । 

सञ्चारमाध्यमहरूका अनुसार कतारको एक प्राविधिक टोली काबुल विमानस्थलमा उडान पुनः सुचारु गर्न मद्दत गर्न तयार छ ।  मानवीय सहायता लिएर संयुक्त अरब इमिरेट्सबाट ओहदाका अधिकारीहरू र अर्को विमान बोकेको कतारी विमान केही दिनअघि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।