११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गर्नुभयो ।

विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउन तथा मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली र नागरिक हकअधिकार स्थापित गर्न अतुलनीय योगदान पु¥याउनु हुने स्वर्गीय वीपी कोइरालाको नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “वीपी कोइराला उच्च राजनैतिक चिन्तक र विश्लेषक मात्र नभएर उहाँ नेपाली भाषा साहित्यका एक उत्कृष्ट स्रष्टा, लोकप्रिय कथाकार एवं उपन्यासकार पनि हुनुहुन्थ्यो । समाजको परिवर्तनको लागि कोइरालाले राजनीतिक र साहित्य दुवैलाई आफ्नो कार्यक्षेत्र बनाइ आफ्नो समयको लोकप्रिय र चर्चित व्यक्तित्व हुनुभएको थियो ।”

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनैतिक सङ्घर्षका प्रेरक जननायक वीपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित वीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुनुहुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सम्मान एवं पुरस्कार कार्यक्रमले मुलुकमा राजनीतिक सुधार र जनताको हकअधिकारलाई स्थापित एवम् सुदृढ गर्ने तथा असल साहित्य सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सबै पुरस्कृत प्रतिभाले राज्यको तर्फबाट प्रदान गरेका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्याङ्कन र गौरबको महशुस गराएको विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी योगदानको अपेक्षा पनि गर्नुभयो ।

नेपाली साहित्य पनि एउटा समृद्ध साहित्यकारूपमा विश्वमा स्थापित भइसकेको भन्दै प्रधानमन्त्री देउवाले यसको गरिमा र गुणस्तरलाई आगामी दिनमा अझ गहकिला र विचारपूर्ण साहित्यको सिर्जना गरेर विश्व साहित्य जगतमा नेपालको आफ्नै विपशिष्ट पहिचान बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष जननायक वीपी कोइराला एक आदर्श व्यक्तित्व भएको बताउनुभयो । नेपालको राजनीतिक, ऐतिहासिक, सामाजिक र साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका वीपीको स्मरण गर्नु राज्यको दायित्व भएकाले सोही अनुरुप उहाँको सम्मानमा पुरस्कार प्रदान गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।

तीन स्रष्टा र एक संस्था पुरस्कृत
पर्यटन मन्त्रालयले विस २०७८ को वीपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीन स्रष्टा र एक संस्थालाई पुरस्कृत गरेको छ । राजनीतिक दर्शन विधातर्फ कोइरालाको विचारबारे खोज तथा अनुसन्धानमा सक्रिय सुन्दरीजलस्थित वीपी सङ्ग्रहालय तथा राजनीतिक विधातर्फ वीपी कोइरालाको नजिक रहेर उहाँका साहित्य र राजनीतिक रचनाहरूको प्रकाशन व्यवस्थापनमा भूमिका खेल्नुभएका पुरुषोत्तम बस्नेतलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

साहित्य विधातर्फ यस वर्षको वीपी कोइराला राष्ट्रिय पुरस्कार संयुक्तरूपमा साहित्यकारद्वय डा विष्णुविभु घिमिरे र डा ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार प्रधानमन्त्री देउवाले प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही नगद रु एक लाख र सम्मानपत्र रहेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका वीपी कोरोइरालाको स्मरणमा पर्यटन मन्त्रालयले यसैवर्ष सो पुरस्कारको स्थापना गरेको हो ।

पुरस्कृत व्यक्ति गौतमले नेपाली साहित्यमा आधुनिकता भित्र्याउने श्रेय वीपी कोइरालालाई जान्छ भन्दै नेपालको राजनीतिक र साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिका नाममा पुरस्कृत हुन पाउँदा हाफ्नो पहिचान बढेको बताउनुभयो ।

पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई हरेक वर्ष वीपी कोइरालाई राष्ट्रिय पुरस्कार प्रदान गरिने बताउनुभयो ।