१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भयो ।

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलत भएको बताउनु भयो । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ । त्यो मुलतः ठिक छ । एनआरएनएहरुलाई मेरो निजी मान्यता त उनीहरुलाई पूर्ण नागरिकता दिएहुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकार सहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ । तर कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःशर्त अधिकार हो ।

अनावश्यक ढंगले शर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन शर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ । वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन । कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतिलाई नराखौँ । राख्ने हो भने दुईवटैलाई थोरै थोरै भएपनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन । त्यस्तै लंगिक पहिचान सहितको जुन कुरा छ, त्यसमा पनि त्रुटी भएको छ । त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी गर्नुभयो ।