२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको दफाबार छलफलमा एमाले सांसदहरुले के भने ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति बिरोध गरेको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रश्ताव राख्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् । एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्दा अन्य सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार भने ७ वर्षपछि पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो –‘वंशजको आधारमा जन्मसिद्ध नागरिक कसलाई भन्ने र भोलि त्यसको राजकीय पक्षमा प्रमुख पदहरुमा कसरी जाने भन्नेकुरालाई समेत ध्यान नदिएर गयौँ भने हाम्रा भावि सन्तानहरुले हामीलाई कुन दिशातिर गाइड गर्नेछन् ? नेपाली पुरुषसँग विदेशी महिलाले जुन विवाह गरिन् । तिनले अरु सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार ७ वर्षपछि पाउने व्यवस्था राखौँ भन्नका निम्ति हामीले संयुक्त संशोधन गरेको हो । त्यसलाई पारित गर्न अनुरोध गर्दछु ।’

त्यस्तै, सांसद विन्दा पाण्डेले पनि विवाहपछि सात वर्ष बसोवास गरेपछि मात्रै नागरिकता दिने प्रावधान राख्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो –‘वैवाहिक अंगिकृत नागरिकता प्राप्तिको सन्दर्भमा लैङ्गीक समानताका आधारमा शुरुमा बसोबासको स्थायी परिचयपत्र लिनसक्ने प्रावधानसहित नेपाली नागरिकसँग विवाह गरेका विदेशीले नेपालमा सात वर्ष बसोवास गरेपछि लैङ्गीक समानताको आधारमा नेपाली नागरिकको विदेशी दम्पतिलाई व्यवहार गर्ने प्रावधान राखेर जाउँ ।’

नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडी बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशिल विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालिन अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भिर विषयलाई समितिमा नपठाई जबर्जस्ती अगाडी बढाइनु लोकतन्त्रको उपहास हो । निरंकुशता हो । राष्ट्रियताप्रतिको खेलवाड हो ।

संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न । संविधान बनाउने बेला नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि त्यतिबेला पाँच वा सात वर्ष भन्ने छलफल भएको थियो । नेपालमा निरन्तर बसोवास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमति विपरित राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनैतिक अनैतिकता पनि हो ।’

उहाँले नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि बसोवास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमति विपरित विधेयक अगाडी बढाइएको बताउनु भयो । सांसद रावलले राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु राष्ट्रप्रतिको बेइमानी भएको बताउनु भयो ।