७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियामा नेपाल सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुँदैछः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गर्नुभएको छ ।

शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलंका पथ्मा नेपाल नरहेको बताउनु भयो । उहाँले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताउनु भयो । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गर्नुभयो । उहाँले सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध छ । त्यतिमात्र होइन, नेपाली काँग्रेस सदैव प्रेस स्वतन्त्रतालाई अक्षुण्ड राख्न चाहन्छ । यो सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न चाहन्छ । अहिले देशमा हरेक चोकचोकमा एउटा अफवाह फैलाइएको छ ।

नेपाल श्रीलंकाको बाटोतर्फ गइरहेको छ भनेर । नेपाल श्रीलंकाको पथमा अग्रसर हुँदैछ भन्ने अफवाह छ, नेपालको अर्थतन्त्रमा केही समस्याहरु छन्, तर नेपाल श्रीलंकाको पथमा जाँदैन । जुन भ्रम छ त्यसलाई चिरेर नेपाली जनतालाई, हामीले आश्वस्त गर्न जरुरी छ । नेपाल चाँडै नै दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित हुनेछ, अब चाँडै संघ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गर्ने गरेर जानुपर्छ ।’ सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताउनु भयो ।