१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको संसदले वि.पि. कोईरालालाई सम्झिनुपर्ने: मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति वि.पि. कोईरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वि.पि. कोईरालाको स्मृति दिवस भएको र विपी नेपालको पहिलो संसदको नेता भएकाले उहाँलाई संसदले स्मरण गर्नुपर्ने बताउनुभएको हो । वि.पि.ले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दापनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनु भयो ।

सांसद रिजालले कोईरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो – ‘आज वि.पि. स्मृति दिवस हो । वि.पि. नेपालको पहिलो संसदको नेता मात्रै होइन नेपाललाई लामो समयसम्म एउटा गुन लगाएर जानुभएको छ । सुवर्ण समशेरले वि.पि.लाई सभापति फिर्ता गर्दा नासो बुझाएँ भन्नुभयो । वि.पि. ठूलो कि आफू ठूलो भनेर भेट्न गएका गणेशमान सिंहले पहिलो भेट पछाडी रामभक्त हुनमान भनेझैँ वि.पि.भक्त गणेशमान भएँ भन्नुभयो । सूर्यप्रसाद उपाध्यायको वि.पि. रोगसँग गाजिएको बेलाको भेटमा दुवै नेताको आँखाको आर्द्र देख्दा सबैले कल्पना गर्नसक्छ कति प्रेम र स्नेह भाव थियो । कृष्णप्रसाद भट्टराई वि.पि.को अन्तिम दिनमा पाँच रुपैयाँको भुटेको चना बोकेर उहाँलाई पु¥याउन जाँदा भित्र कुरा गर्न आउनुस् भन्दा मेरो नेतालाई दर्शन गरेँ पुग्यो भन्नुभयो । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनु भएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो । त्यो वि.पि. कोईरालालाई स्मरण आज संसदले गर्नुपर्छ । त्यसैले मैले समय मागेको सभामुखज्यू ।’

सांसद रिजालले वि.पि. कोईरालाका समकालिन नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुले समेत वि.पि. कोईरालालाई उच्च सम्मान गर्ने गरेको प्रशंग उठाउनुभएको थियो ।