१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त



photo: anfa
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि थापालाई नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी दिएको हो । प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ सम्म आयोजना हुने छ ।

नेपालले हालसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

गत संस्करणको ‘ए डिभिजन लिग’मा एपीएफ क्लबमा प्रशिक्षकको भूमिकामा रहेका थापाले यस अघि पनि महिला टोली सम्हालिसकेका छन् ।

यस्तै एन्फाले वृन्दा देवानलाई महिला टोलीको टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ ।