२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त



photo: anfa
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि थापालाई नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी दिएको हो । प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ सम्म आयोजना हुने छ ।

नेपालले हालसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

गत संस्करणको ‘ए डिभिजन लिग’मा एपीएफ क्लबमा प्रशिक्षकको भूमिकामा रहेका थापाले यस अघि पनि महिला टोली सम्हालिसकेका छन् ।

यस्तै एन्फाले वृन्दा देवानलाई महिला टोलीको टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ ।