१४ भाद्र २०८३, आईतवार
,
Latest
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाली नागरिकता पाउने सुविधा दिनुपर्छ



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रश्ताव राख्दै सांसद दाहाले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगिकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताउनु भयो । संशोधन प्रश्ताव राख्दै उहाँले भन्नुभयो – ‘नेपाल र बेलायतबिच भएको सन्धी अनुसार गोर्खा सेनाहरुको हकमा माथि उल्लेखित दफाहरु लागू हुने छैनन् । उनीहरुलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ ।’

‘विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गर्ने नेपाली महिलाहरुको श्रीमानलाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोवास गरेको रहेछ र सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरेमा नीजलाई अंगिकृत नागरिकता दिन बाधा पर्ने छैन ।’

‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबु, आमाको सन्तान उमेरका कारणले त्यस बेला नागरिकता प्राप्त गर्न नसकेका र हाल उमेर पूरा भएका बाँकी भाइ, बहिनीहरुलाई दाजु वा दिदीहरु जसरी नागरिकता प्राप्त गर्नेछन् ।’

उहाँले वि.सं. २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका हरुलाई पनि हाल उनीहरुका दाजु, दिदीहरुले जसरी नै नागरिकता दिइनुपर्ने बताउनु भयो ।