७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाली नागरिकता पाउने सुविधा दिनुपर्छ



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रश्ताव राख्दै सांसद दाहाले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगिकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताउनु भयो । संशोधन प्रश्ताव राख्दै उहाँले भन्नुभयो – ‘नेपाल र बेलायतबिच भएको सन्धी अनुसार गोर्खा सेनाहरुको हकमा माथि उल्लेखित दफाहरु लागू हुने छैनन् । उनीहरुलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ ।’

‘विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गर्ने नेपाली महिलाहरुको श्रीमानलाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोवास गरेको रहेछ र सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरेमा नीजलाई अंगिकृत नागरिकता दिन बाधा पर्ने छैन ।’

‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबु, आमाको सन्तान उमेरका कारणले त्यस बेला नागरिकता प्राप्त गर्न नसकेका र हाल उमेर पूरा भएका बाँकी भाइ, बहिनीहरुलाई दाजु वा दिदीहरु जसरी नागरिकता प्राप्त गर्नेछन् ।’

उहाँले वि.सं. २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका हरुलाई पनि हाल उनीहरुका दाजु, दिदीहरुले जसरी नै नागरिकता दिइनुपर्ने बताउनु भयो ।