५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्केझरीमा राप्रपा नेपाल सडकमा , विभिन्न माग राख्दै विरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले शुक्रबार काठमाडौँमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ ।

दिउँसो पानी परिरहेको समयलाई समेत बेवास्ता गर्दै पार्टी अध्यक्ष कमल थापासमेत विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

दर्किरहेको पानीमा पनि राप्रपा नेपालका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । उनीहरुले धर्म निरपेक्षता खारेज गर, प्रदेश संरचना खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, महङ्गी कालोबजारी नियन्त्रण गर, रोजगारीको ग्यारेन्टी गर, विदेशी हस्तक्षेप बन्द गर, सनातन हिन्दू राष्ट्र कायम गरजस्ता नारा लगाएका थिए ।