• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ? ★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ



कञ्चनपुर । पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव ३७ ग्राम लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सुमितको साथबाट २४दशमलव४७० ग्राम, लबिको साथबाट २५दशमलव६४० ग्राम र बबिको साथबाट २८ दशमलव २६० ग्राम लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभयो ।

तीनै जनाको साथबाट लागुऔषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु लागुऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।