३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रौपदी मुर्मु बनिन् भारतको राष्ट्रपति, राष्ट्रपति भण्डारीद्वारा बधाइ



भारतकी नवनिर्वाचित राष्ट्रपति द्राैपदी मुर्मु
अ+ अ-

नयाँ दिल्ली । भारतमा द्रौपदी मुर्मु राष्ट्रपति निर्वाचित भएकी छन् । सत्तारूढ गठबन्धन एनडीएकी उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हामाथि निर्णायक अग्रता लिएकी थिइन् ।

भारतको राष्ट्रपति चयन गर्ने इलेक्टोरल कलेजमा प्रत्येक मतको  १० लाख ८६ हजार ४३१ बराबर मतभार हुन्छ।

यस निर्वाचनमा दुई जना उम्मेदवार रहेकाले कुनै पनि उम्मेदवारले आधाभन्दा बढी मत प्राप्त गरेमा जित निश्चित हुन्छ । यस्तो अवस्थामा द्रौपदी मुर्मुलाई जिताउन पाँच लाख ४३ हजार २१६ मत आवश्यक थियो ।

समाचार एजेन्सी एएनआईले राज्यसभाका महासचिव पीसी मोदीलाई उद्धृत गर्दै तेस्रो राउण्डको समाप्तिपछि द्रौपदी मुर्मुले पाँच लाख ७७ हजार ७७७ मत प्राप्त गरेको बताएको छ ।

जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले हालसम्म दुई लाख ६१ हजार ६२ मत मात्र ल्याएका छन् ।

मुर्मु भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन्। ओडिशाकी मुर्मु यसअघि झारखण्डको राज्यपाल पनि भइसकेकी छन्।

द्रौपदी मुर्मुले जुलाई २५ मा राष्ट्रपति पद र गोपनियताको सपथ लिनेछिन् ।

यसअघि दोस्रो चरणको मतगणनाको अन्त्यसम्ममा एनडीए उम्मेद्वार द्रौपदी मुर्मुले अहिलेसम्मको मतगणनाको करिब ७२ प्रतिशत मत प्राप्त गरिसकेकी छिन् ।

पीटीआईका अनुसार दोस्रो राउण्ड पूरा भएपछि अरुणाचल प्रदेश, असम, बिहार, झारखण्ड, हरियाणा, हिमाचल प्रदेश, छत्तीसगढ, गोवा र गुजरातका १० राज्यका सबै सांसद र विधायकको मत गणना भइसकेको थियो।

त्यसबेलासम्म करिब छ लाख ७३ हजार भोटमध्ये द्रौपदी मुर्मुले चार लाख ८३ हजार मत पाएकी थिइन् । उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक लाख ८९ हजार मात्रै मत पाएका छन् ।

यशवन्त सिन्हाले द्रौपदी मुर्मुलाई राष्ट्रपति चुनाव जितेकोमा दिए बधाई

राष्ट्रपति निर्वाचनमा विजयी भएकी द्रौपदी मुर्मुलाई उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा बधाई पत्र पनि जारी गरेका छन् ।

ट्विटरमा उनले लेखेका छन्, “२०२२ को राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि म र मेरा देशवासीका साथ श्रीमती द्रौपदी मुर्मुलाई बधाई दिन्छु ।”

उनले थप लेखेका छन्, “भारतलाई आशा छ कि १५औँ राष्ट्रपतिका रूपमा उनले संविधानको संरक्षकको रूपमा कुनै डर बिना काम गर्नेछिन्।”

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी नवनिर्वाचित राष्ट्रपति द्राैपदी मुर्मुलाइ बधाइ दिनु भएकाे छ । राष्ट्रपति भण्डारीले गर्नु भएको ट्वीटमा भनिएकाे छ, मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु ।