२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश प्रतिस्थापन गर्न बनेका दुई विधेयक पेस



अ+ अ-

बागमती । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो ।

आजको बैठकमा अन्य दुई ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि पेस गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभयो ।

त्यस्तै प्रदेश प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभयो ।