• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली ★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

सुन्तला नर्सरीबाट मनग्य कमाइ



गलकोट । बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गर्नुभएका आचार्यले २०७७ सालमा नर्सरी सुरु गर्नुभएको थियो । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी गर्नुभएका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर रु चार लाख २० हजार आम्दानी गर्नुभएको हो । आचार्यले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गर्नुभएको थियो । स्थानीय प्रजातिका सुन्तलाका १५ हजार बिरुवा उत्पादन गर्दा आचार्यको प्रतिबिरुवा रु १८ लागत लागेको छ । १५ हजार बिरुवा उत्पादन गर्दा रु दुई लाख ७० हजार लगानी भएको आचार्य बताउनुहुन्छ ।

सरकारी दररेटअनुसार प्रतिगोटा संस्थालाई रु २५ र व्यक्तिलाई रु ५० मा बेच्न मिल्ने भए पनि सोही दररेटअनुसार बिक्री गर्न नसिकएको आचार्यले बताउनुभयो । उहाँले १० हजार बिरुवा रु २७ र अन्य तीन हजार बिरुवा गुणस्तर हेरेर रु ३५, रु ४५ र रु ५० दरले बिक्री गर्नुभएको छ । आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैँची पकेट समूहले पाँच–पाँच हजार बिरुवा खरिद खरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले दुई हजार ५०० बिरुवा खरिद गरेको आचार्यले बताउनुभयो । उहाँको नर्सरीमा अझै दुई हजार बिक्री गर्न मिल्ने बिरुवा छन् ।

अन्य ५०० बिरुवा व्यक्तिले खरिद गरेको आचार्यको भनाइ छ । जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थाल्नुभएको हो । उहाँको नर्सरीमा हिउँदमा बेच्नका लागि ५०० ओखर ९बिजु० र एक हजार किवीका कलमी गरेका बिरुवा तयार भएका छन् । आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरुवा तयार हुँदै गरेको आचार्यको भनाइ छ । उहाँको नर्सरीमा आगामी वर्षका लागि सुन्तलाका एक हजार ५०० कलमी र ५०० कागतीका बिरुवासमेत बेच्नका लागि तयार हुने छन् ।

लगाएको छोटो समयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी बिरुवाको माग बढ्दै गएको हुँदा विस्तारै बिजु बिरुवा कम गरेर कलमीमा जोड दिने आचार्य बताउनुहुन्छ । बिजु बिरुवाले लगाएको तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरुवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरुवा पर्न थालेको आचार्यले बताउनुभयो ।

करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र रु ५० लाख लगानी गर्नुभएको छ । जडीबुटी सङ्कलनको काम गर्न थाल्नुभएका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी सुरु गर्ने बताउनुभयो ।