३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाउका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन् । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाएका हुन् । 

आइतबार उनले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्ने भएको हो । संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आएका हुन् र उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका छन्– महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् । 

उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गरेका छन् । त्यसअवसरमा उपमहासचिव ग्रिफिथले यहाँका तालिबान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए । 

देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेका थिए । त्यसअवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए । 

उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबानहरु सजग रहेको बताएका थिए ।