२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरमा थपिए तीन नयाँ दमकल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरमा नयाँ तीन वटा नयाँ दमकल थपिएको छ । दमकल खरिदका लागि २०७७ फागुन महिनामा भएको बोलपत्र आह्वानबमोजिम छनोट भएको इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसियाले करबाहेक रु सात करोड २१ लाखमा इन्डोनेसियाबाटै सामान पठाएको हो ।

इञ्जिन क्षमता २७० एचपी रहेको दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छ । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुई वटा सक्सन लाइनबाट पानी तान्न सक्छ ।

दमकल आएपछि काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि काम गर्दै आएको बताए ।

उनले महानगरका पुर्वप्रमुख विद्यासुन्दर शाक्यका पालामा सुरु भएको दमकल खरिद प्रक्रियाअन्तर्गत अहिले तीन वटा दमकल आइपुगेका जानकारी दिँदै दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताए ।