३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए



अ+ अ-

लन्डन । आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ ।

यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।