९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीर्थयात्रा सहजताका लागि उपसमिति गठन



फाईल फोटो
अ+ अ-

रसुवा । यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो । यही साउन २७ गते जनैपूर्णिमा पर्वमा १५ हजार भक्तजन आउने लक्ष्यका साथ गोसाइँकुण्ड क्षेत्र विकास समिति पूर्वतयारीमा जुटेको हो ।

रसुवाको प्रवेशद्वार बेत्रावतीबाट भगवान् शङ्कर विराजमान रहनुभएको निलाद्री पर्वतको उच्च भागसम्म उपसमितिले यात्रुलाई सेवा पु¥याउने बताइएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार विशेष पर्वका लागि साउन २१ गतेदेखि पवित्रकुण्डमा भक्तजनको ठूलो आगमन हुने पूर्वानुमान गर्दै होटल तथा लज तयारी पार्न व्यवसायीलाई अनुरोध गरिएको छ ।

वर्षायाम भएकाले बेत्रावती, कालिकास्थान, धुञ्चे, चन्दनबारी, लौरिविनायकको मार्ग प्रयोग गर्दा सुरक्षित हुने समितिले सुझाव दिएको छ । लेक लागेर यात्रु बिरामी परेमा रसुवामा कार्यरत सुरक्षा निकायले उद्वार गर्ने, यात्राका क्रममा फाट्टफुट्टरूपमा हुनसक्ने बिरामीको समस्या हल गर्न धार्मिक मार्गका विभिन्न स्थानमा स्वास्थ्य शिविर राख्नेसमेत तय भएको छ ।

नैपूर्णिमाको अवसरमा आगमन हुने यात्रुको सुरक्षा व्यवस्था मजबुत पार्न नेपाल प्रहरीले आफ्नो सुरक्षा तालिका बनाइसकेको उल्लेख गर्दै प्रहरी प्रमुख कुलदीप चन्दले सवारीसाधन व्यवस्थापन गर्न पार्किङ क्षेत्र निर्धारण गरिएको बताउनुभयो ।