८ भाद्र २०८३, सोमबार
,
Latest
नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीटीभी फुटेज ‘रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने



अ+ अ-

काठमाडौं । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो ।

बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ । विशेष समिति सचिव सुरेन्द्र अर्यालले विज्ञसँगको परामर्शका आधारमा डिभाइस ल्याब पठाउने निर्णय भएको बताए ।

अर्यालले भने, “फुटेज डिलिट भइसकेको अवस्थामा के गर्न सकिन्छ भनेर हामीले आईओई र साइबर ब्युरोका विज्ञसँग परामर्श गरेका थियौँ, उहाँहरूको सुझाव फरेन्सिक ल्याब पठाऊ भन्ने भयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।