• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

वीरगन्ज महानगरपालिकाको राजस्व वृद्धि



पर्सा । वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आव २०७८/७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८/७९मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५।७० प्रतिशत बढी हो । महानगरपालिकाले गत आवमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा रु २० करोड ९९ लाख २३ हजार सङ्कलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार सङ्कलन भएको छ । त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आवमा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु १५ करोड २१ लाख ८७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।