१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

छाउन थाले तीजका गीत

छाउन थाले तीजका गीत
अ अ+ अ-

बागलुङ । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् ।

भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक/स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिनुभएको छ । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ ।

मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतमा प्राण भरेको छ । कलाकार नीता ढुङ्गाना र गायक चलाउनेको अभिनय/नृत्यले दर्शकलाई सजिलै भुलाइदिन्छ । गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । प्रेमीप्रेमीकाबीचको मायावी संवादले गीतलाई सरल र श्रुतिमय बनाएको छ ।

प्रेमीका भन्छिन्–
‘लजाउँछु एक्लै हेरेर ऐना
हा…है… झमझम झम्कना लाउँ की नलाउँ म
राम्री नी हैन, छ्या भन्नी छैन
हा…है…मायालुले आउ भन्छ बेलुका जाउँ की नजाउँ म’

प्रेमी जवाफ फर्काउँछन्–
‘उडेर जाउँ की, गुडेर जाउँ की
हा…है…कालो चश्मा आँखैमा लाउँ की नलाउँ म
उनलाई मन पर्ने कपडा लाउँ की
हा…है…मायालुले आउ भन्छ बेलुका जाउँ की नजाउँ म’

तीजको मौसमी सङ्गीत बजारमा चर्चा पाएको अर्को गीत हो– ‘ओम् भोले’ । दुई हप्ताअघि युट्युबमा सार्वजनिक उक्त गीतलाई अहिलेसम्म १३ लाख बढी पटक हेरिएको छ । गीतमा गायक खुमन अधिकारी र शान्तिश्री परियारको स्वर छ । रविन लामिछानेको शब्दमा गायक अधिकारीले नै सङ्गीत दिनुभएको छ ।

गीतको म्युजिक भिडियोमा गायक अधिकारी, कलाकार अञ्जली अधिकारी र अभिषेक खड्काको अभियन देख्न सकिन्छ । गायक अधिकारीले सालिन्दा तीज गीत निकाल्ने गर्नुभएको छ । गत वर्ष तीजमा उहाँले ल्याएको ‘कुरा काट्न’ गीतले युट्युबमा एक करोड बढी ‘भ्युज’ पाएको थियो ।

‘जाउँ न माया सरर गाडीमा’, ‘हाइ माया’, ‘ए आम्मै’, ‘ढुङ्गे धारा’लगायत तीज लक्षित गीत अहिले युट्युबमा छाएका छन् । कति चर्चामा छन् त कुनैले ‘भ्युज’का लागि सङ्घर्ष गरिरहेका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । सङ्गीतप्रेमी स्रोता÷दर्शक तीज गीततिर डोरिएका छन् ।

यसपालि तीज पर्व भदौ १४ मा छ । पर्व नजिकिएसँगै तीजका भाका पनि गुञ्जित थालेका हुन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । लोकगायक विष्णु खत्रीले पनि सोमबार तीज गीत ‘बिग्रेकी केटी’ सार्वजनिक गर्नुभएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट आएको गीतलाई केही घण्टामै हजारौँ पटक हेरिएको छ ।

गायक खत्रीको शब्द र सङ्गीत रहेको गीतमा गायिका प्रीति आलेले स्वर दिनुभएको छ । गीतमा आधुनिकतासँगै बदलिएकी ‘केटी’को अनुभूति अभिव्यक्त छ । फेरिँदो समयलाई आत्मसाथ गर्दा ‘बिग्रेको’ भन्न नमिल्ने तर्क अघि सारिएको छ । गीतको म्युजिक भिडियो पनि रोमाञ्चक छ । गायिका आले र कलाकार हरिस निरौलाले अभिनय गर्नुभएको छ ।

बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । कलाहीन र तडकभडकयुक्त गीतले तीजको मौलिकता र मर्मलाई आत्मसात् नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको मर्म र भावना खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो । अहिलेका तीज गीत भने रोधीघरको दोहोरीजस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । तीज गीतमा पनि पुरुष कलाकारकै बर्चश्व देखिन थालेको छ ।

क्यासेट र सिडीको जमाना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । प्रविधिमा ठूलो परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैसमय गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ । युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । सर्जक÷कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ ।
राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकार बताउँछन् । गीतको बलमा जतिधेरै ‘भ्युज’ बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रकर्ड रहने गर्छ ।

सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्युज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । व्यावसायिकरुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । रासस