१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने



अ+ अ-

ललितपुर । पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र करिब ४० प्रतिशत इँटा फेरिन लागिएको हो । गत फागुन १२ मा क्षमापूजा गरी चैत १ देखि मन्दिर जीर्णेद्धारको काम सुरु गरिरहेको देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छ तले मन्दिरमा तल भुइँ तलाबाट काठ फेर्दै आउँदा दुई तलासम्मको काठ फर्ने काम सम्पन्न भयो । बाँकी अब माथि चार तलाको काम सुरु गर्नेछौँ ।” सो मन्दिर निर्माणमा भक्तपुरका कामदार खटिरहनुभएका प्रधानले जानकारी गराउनुभयो । सो मन्दिर निर्माणमा सरकारबाट प्राप्त रु आठ करोड र ललिपतुर महानगरपालिकाबाट प्रदान रु दुई करोड गरी कूल रु १० करोड खर्च हुने अनुमान छ । उहाँले भन्नुभयो, “मन्दिरका लागि ४० प्रतिशत नयाँ इँटा किन्नुपर्छ । मन्दिरलाई पुरानो शैलीमा निर्माण गराउन आवश्यक सामग्री प्रयोग गरिनेछ ।” मन्दिर जीर्णेद्धारको काम थालिएसँगै देगुतलेजु भवानीअर्थात् भगवतीलाई अन्यत्रै सारी पूजापाठ भईरहेको छ ।

राजा शिवसिंह मल्लका शासनकालमा गुरुपदवी धारणा गरेका लम्बकर्ण भट्टले कान्तिपुर र ललितपुर दुवै सहरमा देगुतलेजु मन्दिर स्थापना गरेको जनाइएको छ । त्यसैगरी १७४९ सालमा राजा योगनरेन्द्र मल्लले प्रस्तर स्तम्भ माथि आफ्ना दुई रानीसहित आफ्ना प्रतिमा राखेका र विसं १९९० को भूकम्पमा पूर्णरुपमा भत्किएको सो मन्दिर श्री ३ जुद्ध शमशेरले जगैदेखि नयाँ बनाएको जनाइएको छ ।

२०७२ सालको भुकम्प जानुभन्दा अगाडिको देगुतलेजु मन्दिर

छत्र शैलीमा निर्माण भएको सो मन्दिर जीर्णेद्धार गर्ने क्रममा हाल मन्दिरबाट झिकिएका टुँडाल, गजूर, तोरण, आदि महत्वपूर्ण वस्तु सुरक्षित स्थानमा राखिएको समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताउनुभयो । सो मन्दिर जीर्णेद्धारको प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) को जिम्मामा अघि बढेको साइट इञ्जिनियर प्रणाम होराले बताउनुभयो ।