२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको भारत भ्रमण स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र: भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणलाई कूटनीतिको उडन्ते चरित्रको रुपमा टिप्पणी गर्नुभएको छ ।

दाहालको भारत भ्रमणबारे सामाजिक सञ्जालमा लेख्नुभएको छ देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क.पा.को अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?

उहाँले थप लेख्नु भएको छ– उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमंसग अन्तिममा भेट हुनसकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति !  यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं !