• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा

नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रनको योगदान दिए । उनले ५८ बल खेल्दै ६ चौकाको मद्दतमा ४० रन बनाएका हुन् । यसैगरी कप्तान सन्दिप लामिछानेले २२ रन जोड्दा विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १०र१० रन जोडे ।

दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७र७ रनको योगदान दिए भने कुशल भुर्तेलले ३ रन जोडे । नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका हमजा ताहिर एक्लैले चार विकेट लिए भने मार्क वार्टले तीन विकेट लिए । गाभिन मैनले दुई विकेट लिँदा क्रिस्टोफरले एक विकेट हात पारे । १२९ रनको विजयी लक्ष्य पच्छाएको स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

उक्त सिरिजअन्तर्गत यसअघि नेपालले स्टकल्यण्डलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रन र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यता स्कटल्याण्डले भने नामिबियालाई दुवै खेलमा हराएको थियो ।