१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रनको योगदान दिए । उनले ५८ बल खेल्दै ६ चौकाको मद्दतमा ४० रन बनाएका हुन् । यसैगरी कप्तान सन्दिप लामिछानेले २२ रन जोड्दा विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १०र१० रन जोडे ।

दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७र७ रनको योगदान दिए भने कुशल भुर्तेलले ३ रन जोडे । नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका हमजा ताहिर एक्लैले चार विकेट लिए भने मार्क वार्टले तीन विकेट लिए । गाभिन मैनले दुई विकेट लिँदा क्रिस्टोफरले एक विकेट हात पारे । १२९ रनको विजयी लक्ष्य पच्छाएको स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

उक्त सिरिजअन्तर्गत यसअघि नेपालले स्टकल्यण्डलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रन र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यता स्कटल्याण्डले भने नामिबियालाई दुवै खेलमा हराएको थियो ।