१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग दुईः नामिबियासँग दोस्रो खेल खेल्दै नेपाल



अ+ अ-

काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध ५ विकेट जित निकालेको नेपालले शनिवार नामिबियालाई आतिथ्यता गर्दा पहिलो खेलमा भएका गल्तीलाई सच्याउँदै हारको बदला लिने लक्ष्यमा हुनेछ ।

आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत शनिवार नेपालले नामिबियासँग खेल्दैछ । आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला खेल्नका लागि भ्रमणमा रहेको नेपाल शनिबार नामिबियाबिरुद्ध जितको खोजिमा हुनेछ । पहिलो खेलमा पराजित भएको नेपालले अघिल्लो खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै दोस्रो खेलमा सुखद् नतिजाको लक्ष्यमा हुनेछ ।

नामिबियबिरुद्ध पहिलो खेलमा बलिङ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने बिर्सनलायक प्रदर्शन गरेको थियो । उक्त भेटमा नेपाललाई नामिबियाले दिएको २ सय २१ रनको लक्ष्य पनि भेटाउन सकस परेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८० रन जोडेको थियो ।

आफ्नो दोस्रो खेलमा भने घरेलु टोलीमाथि ५ विकेट जित निकालेको थियो । जुन स्कटल्याण्डबिरुद्ध नेपालले कुनै पनि संरचनामा निकालेको पहिलो जित हो । घरेलु टोलीबिरुद्ध आक्रामक खेलेका आसिफ शेखले नेपाली टोलीका लागि इतिहास बनाउन महत्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए । ७१ रनमा पवेलियन फर्किंदा नेपाल लगभग जित नजिक पुगेको थियो । केही अनुभवि खेलाडीले अपेक्षा अनुसारको प्रदर्शन नगरेपनि स्काटल्याण्डले प्रश्तुत गरेको १ सय ४५ रनको लक्ष्य १ सय ४९ बल अगावै भेटाउँदा नेपालले पहिलो इतिहास दर्ता गर्न सफल भएको थियो । शनिवार नामिबियबिरुद्ध मैदान उत्रिँदा सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

नेपाल र नामिबियाबीच एकदिवसीयमा पछिल्लो भेटसँगै ६ पटक प्रतिष्पर्धा गरेका छन् । जसमा नेपालले चार पटक सुखद् नतिजा निकाल्दा नामिबियाले स्कटल्याण्ड भ्रमण अन्तर्गतको पहिलो खेलसहित दुई खेल जितेको छ । नेपालले पहिलो पटक सन २००१ मा आईसीसी ट्रफीको प्रतियोगितामा नामिबियासँग खेलेको थियो । क्यानडामा खेलिएको उक्त खेलमा नेपालले ८ विकेटको लज्जास्पद हार भोगेको थियो ।

दोस्रो पटक सन २०१५ आईसीसी लिग डिभिजन–२ मा यी दुई टोलीबीच प्रतिष्पर्धा भएको थियो । जुन भेट १४ वर्षपछि भएको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । तेस्रो पटकको भेट सन् २०१५–०१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो । सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपालले दुवै खेलमा सुखद् नतिजा निकालेको थियो । त्यसपछि २०१८ मा नामिबियामा नेपालले आतिथ्यता गरेको थियो । जहाँ नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।

श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ तालिकाको पाचौं स्थानमा छ ।

शनिवार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ । यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।