२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ । थाइल्यान्डको बैंककमा आउँदो साउन १ देखि ७ गतेसम्म हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो । क्याडेटमा दुई र जुनियरमा दुई गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेट÷जुनियरमा १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुष ६० किलोमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ किलोमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ किलोमुनि ताराबहादुर भुजेल र महिला ४८ किलोमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग ९पाम० को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।

टोली प्रमुखमा नेपाल जुडो सङ्घका अध्यक्षसमेत रहनुभएका जुडो युनियन अफ एसिया ९जेयुए० का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य हुनुहुन्छ । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ हुनुहुन्छ ।

जुडो सङ्घका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैंकक जानुहुनेछ । साउन १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गर्दैछ ।